• २०८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024

अडियो दिने व्यक्तिलाई अदालतमा उपस्थित गराउनु -सर्वाेच्च

काठमाडाैं । अदालतको अवहेलना मुद्दामा सीधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराउने व्यक्तिलाई उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ।

अडियोको स्रोत भनिएका ललितपुरको गोदावरी बस्ने राजकुमार तिमिल्सिनालाई बयानका लागि अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले भनेको हो।

न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले तिमिल्सिनालाई बयानका लागि २३ गते बिहान १० बजे अदालतमा उपस्थित गराउन आदेश गरेको छ।

यसैगरी, सीधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेलको बयान बिहीबार सम्पन्न भएको छ। आज अदालतमा उपस्थित भएका नवीन ढुंगानाको बयान नसकिएकाले हेर्दाहेर्दैमा राखी  २१ गते १० बजे उपस्थित गराउन भनिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर