• २०८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024

आजको राशिफलः बोली बिक्ने समय छ

मेष : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। घर परिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिले प्रसन्नता छाउनेछ। रमणीय र सुखद यात्राको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृष : मनमा उत्साहका साथै बोली बिक्ने समय छ। व्यापार व्यवसायमा फाइदा होला। आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीप्रेमिकासँग मधुर मिलन हुनेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

मिथुन : रोकिएका काम पुनः सुरु हुन सक्छन्। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। टाढिएका मित्रसँग नजिकिने समय छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ खैरो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। पर्पल रङको प्रयोग नगर्ने।

कर्कट : आजको दिन सहयोग गर्नेभन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। महत्त्वहीन र बेकारका काममा समय बिताउनु पर्ला, तसर्थ सचेत रहनु होला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ७३ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। यात्रा गर्ने अवसर पनि जुट्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। निलो रङको प्रयोग अनुकूल छैन।

कन्या : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज सत्य बोल्ने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। हर्ष र प्रसन्नता छाउनेछ। आँटेको र ताकेको कार्य पूरा होला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहार विहारको भने ख्याल गर्नुहोला।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायलाई सहयोग गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।

वृश्चिक : आम्दानीमा कमी आउनेछ। आफ्नै हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ५६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : भोज भतेरमा सहभागिताको अवसर मिल्नेछ। परोपकारी कार्यमा संलग्न भइनेछ। प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुर्‍याउन सहयोग गर्नेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, वैदेशिक कार्यमा ५० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्नु राम्रो हुनेछ। साथीभाइको लहैलहैमा नलाग्नु होला, अप्ठ्यारोमा पार्न सक्छन्।

मकर : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग छ। काम देखाएर अरूको मन जित्न सकिनेछ। आर्थिक र व्यावसायिक समस्या समाधान हुनेछन्।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ५८, वैदेशिक कार्यमा ४८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गरेर दिनको सुरुआत गर्दा अधिक सफलता मिल्नेछ। कालो रङको प्रयोग अनुकूल छैन।

कुम्भ : परोपकारी कार्य र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। रोकिएका काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। उत्तर दिशा नजाने।

मीन : आफन्तसँग खिन्नता बढ्न सक्छ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा २९, व्यापारमा ३७, वैदेशिक कार्यमा ६९ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्ति हुनेछ। तामसिक भोजन नगर्नु होला।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर