• २०८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024

आइपीएलः हैदराबादले राजस्थानलाई १ रनले हरायो

एजेन्सी । सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो ।

हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र नटराजनले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनायो । 

राजस्थानका आभेश खानले २ विकेट तथा सन्दिप शर्माले १ विकेट लिए ।

जित पछि हैदराबाद १० खेलमा १२ अंक सहित चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अंक सहित शीर्ष स्थानमा यथावत छ ।

आईपिएलमा आज मुम्बई इंडियन्स र कोलकत्ता नाईट राइडर्स भिड्ने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर