• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

वेष्ट इन्डिजले नेपाललाई दियो मध्यम लक्ष

काठमाडौं । पाँच दिवसीय श्रृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजले अन्तिम खेलमा नेपालविरुद्ध एभरेज ब्याटिङ गरेको छ । 

अन्तिम खेलमा घरेलु टोली नेपालले जितका लागि १ सय ७३ रनको लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि सागर ढकाल र सोमपाल कामीले समान ३ विकेट लिए। सागरले २ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे। सोमपालले आफ्नो स्पेलमा १६ रन खर्चे। अविनास बोहोराको नाममा एक विकेट रह्यो।  

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर