• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

वेष्ट इन्डिजविरुद्ध नेपालको सान्त्वना जित

काठमाडौं । पाँच एक दिवसीय श्रृंखला खेल्न नेपाल आएको पूर्व विश्व विजेता देश वेष्ट इन्डिज विरुद्ध नेपालले सान्त्वना जित निकालेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले ६ विकटको जित हात पारेको हो । 

वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए । 

अन्त्यमा कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै टोलीलाई जितसम्म डोर्‍याए । उनले ३ चौका र ३ छक्का हिर्काए । वेस्ट इन्डिजका लागि ओबेड म्याकोयले ३ तथा म्याथ्यु फोर्डेले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । 

कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

वेस्ट इन्डिज ‘ए’ ले ३–१ को अग्रतासँगैं शृंखला आफ्नो पक्षमा पारिसकेको छ ।

रोहितको १ सय १२ रनमा नेपालले अघिल्लो शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । तर नेपाल दोस्रो खेलमा १० रनले पराजित भएपछि क्यारेबियन टोलीले शृंखला बराबरी गरेको थियो । वेस्ट इन्डिज ‘ए’ ले तेस्रो खेल ७६ र चौथो खेल २८ रनले जितेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर