• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

आजको राशिफलः भाग्यशाली रङ्ग पहेँलो र अङ्क ९ 

मेष : घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न हुनेछ। आत्मबलमा कमी आउनेछ। विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनु होला तर साँझमा पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयरबजारमा ३०, वैदेशिक कार्यमा ७० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।

वृष : मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।

भाग्यशाली रङ्ग खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, सेयरबजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

मिथुन : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वादिष्ट भोजनको आनन्दसमेत पाइनेछ। आकस्मिक नयाँ कार्यको योजना बन्नेछ। सफल र रमाइलो यात्राको योग रहेको छ। मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ।

भाग्यशाली रङ्ग आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, सेयरबजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङ्गको प्रयोग नगर्ने।

कर्कट : धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्त: फाइदा नै पुर्‍याउनेछ।

भाग्यशाली रङ्ग सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५९, सेयरबजारमा ६३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।  

सिंह : राजनैतिक कार्यमा सफलता मिल्नेछ। विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ।  

भाग्यशाली रङ्ग रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४५, सेयरबजारमा ३४, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ। प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ। प्रेम जीवन सुखद् नै रहनेछ। व्यापार र व्यवसायबाट लाभ हुनेछ।

भाग्यशाली रङ्ग निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ६८, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

तुला : बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। इनाम र प्रतिष्ठा कमाउने बेला छ। सद्‍विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ। यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ।

भाग्यशाली रङ्ग हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५९, सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। छल कपट नगर्ने।

वृश्चिक : कुनै कुराले मन दुखी हुनसक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। नवग्रहलाई स्मरण गरी कामको थालनी गर्ने।

धनु : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। सेयरबजारले पनि साथ नदेला। वैदेशिक कार्य भने अघि बढ्नेछ।

भाग्यशाली रङ्ग खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४०, सेयरबजारमा ३०, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ्गको प्रयोग नगर्ने।

मकर : अन्योलबीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। बिनाप्रतिस्पर्धा फाइदा पनि हुनसक्छ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सेयरबजारबाट पनि फाइदा हुनेछ।

भाग्यशाली रङ्ग रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ : धर्मकर्ममा मन लाग्नेछ। सामाजिक क्षेत्रको काम अघि बढ्ने तथा उपकारमा मन जानेछ। कतै घुम्न जाने योजना पनि बन्नसक्छ तर काममा सानातिना बिघ्नबाधा परे पनि निराश र हतास नहुनु होला।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

मीन : केही तनाव बढेको महसुस हुनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मन दुखी हुने समाचार प्राप्त हुनसक्छ। मध्यदिनबाट भने आँटेको र ताकेको कार्य पूरा होला। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५२ रसम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर