• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

हारसँगै बार्सिलोनाले ला लिगा उपाधि रियललाई बुझायो

काठमाडौं । स्पेनिस लिगको उपाधि रियल मड्रिडले जितेको छ । गएराति जारी सिजनमा उधुम मच्चाएको जिरोना विरुद्धको खेल बार्सिलोनाले गुमाएसँगै लिगको उपाधि रियलले जितेको हो ।

बाँकी खेल जितेपनि बार्साले गिल जित्ने सम्भावना नभएपछि स्वत लिगको उपाधिमा रियलले कब्जा जमाएको हो । 

 बार्सिलोना जिरोनाविरुद्ध ४–२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो ।

बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । चौथो मिनेटमा नै आर्टेम डोभबिकले जिरोनाका लागि बराबरी गोल गरे ।

पहिलो हाफको अन्त्यतिर पेनाल्टी मार्फत रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर दोस्रो हाफमा बार्सिलोनाले तीन गोल खाना पुग्यो ।

६५औं मिनेटमा क्रिस्टियन पोर्टुले जिरोनाका लागि पुनः बराबरी गोल गरे । ६७औं लिने मिगेल गुटीएरेजले गोल गर्दै जिरोनालाई अग्रता दिलाए । ७५औं मिनेटमा पोर्टुले उत्कृष्ट गोल सहित जिरोनाका लागि चौथो गोल गरे ।

रियलको ३४ खेलमा ८७ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलमा ७३ अंक छ ।  

रियलले गएरातिकै खेलमा काडिज विरुद्ध ३–० को जित हासिल गरेको थियो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले एक एक गोल गरे ।

रियलको यो कीर्तिमानी ३६ पटक स्पेनिश लिग उपाधि हो । दोस्रो धेरै लिग उपाधि जितेको बार्सिलोनाको २७ पटक उपाधि रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर