• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

मेसीको मायामीले न्यूयोर्कलाई हान्यो ६ गोल, स्वारेजकाे ह्याट्रिक

काठमाडौं । अमेरिकी सकर लिगमा विश्व नम्बर वान फुटबलर लियोनल मेसीको टिम इन्टर मायामीले प्रभावशाली प्रदर्शन गरिरहेको छ ।

केहीबेर अघि सम्पन्न खेलमा मायामीले न्यूयोर्क रेडबुल्सलाई ६–२ गोल अन्तरले पराजित गरेको छ । 

मायामीको जितमा उरुग्वेन स्टार लुइस स्वारेजले ह्याट्रिक पुरा गरे । मायामीमा यो उनको पहिलो ह्याट्रिक हो । 

एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै मायामीले दोस्रो हाफमा ६ गोल गरेको हो । खेलको ३०औं मिनेटमा गोल गर्दै न्यूयोर्कले अग्रता लिएको थियो । दोस्रो हाफको ४९औं मिनेट र ६२औं मिनेटमा मातियास रोजासले मायामीका लागि गोल गरे । 

लियोनल मेसीले ५१औं मिनेटमा तथा स्वारेजले ६९, ७५ तथा ८१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

जितसँगै मायामीले ११ खेलबाट २१ अंकसहित शीर्ष स्थान कब्जा गरेको छ भने एक खेल कम खेलेको सिन्सीनेटी १८ अंकसहित दोस्रो तथा न्यूयोर्क १७ अंकसहित तेस्रो स्थानमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर