• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

काठमाडौं आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा

काठमाडौँ । जापानका विदेशमन्त्री कामीकावा योको एक दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाली भ्रमणमा आएकी हुन् ।

उनलाई एयरपोर्टमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए । 

एयरपोर्टमा उनी सिधै होटल लागेका छन् । २ः३० बजे दरवार स्क्वायरको भ्रमण गर्नेछिन् भने तीन बजे परराष्ट्र मन्त्रालयमा मन्त्री श्रेष्ठसँग उनको दुई पक्षीय वार्ता हुने बताइएको छ । 

३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गरेपछि चार बजे प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुई पक्षीय शिष्टाचार भेटघाट हुने बताइएको छ । 

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी पुनः होटल फर्किने कार्यक्रम रहेको छ ।

साँझ ६ बजे परराष्ट्र मन्त्री श्रेष्ठले सोल्टी होटलमा दिने डिनरमा विदेश मन्त्री कामीकावाका सहभागी हुने छिन् ।

डिनरपछि साँझ ७ बजे राष्ट्रपतिसँग मन्त्री कामीकावाले भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलसँगको भेटघाटपछि ८ः३५ बजे जपनिज पत्रकारहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ ।

भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्ने कार्यक्रम छ । 

विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायुसेवाको विमानमार्फत जापान फर्कनेछिन् । 

पत्रकारसँग भेटघाटपछि उनी राती १० बजे जापान फर्किने कार्यक्रम रहेको बताइएको छ । 

परराष्ट्रका प्रवक्ता अमृतबहादुर राईले विदेश मन्त्री कामीकावाको नेपाल भ्रमणको क्रममा कुनै सम्झौता तथा समझदारी नहुने बताए ।

यो मैत्रीपूर्ण भ्रमण हो, भ्रमणको क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने उनले बताए । 

नेपाल र जापान बिच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

६८ वर्ष पुरानो सम्बन्धमा जापानबाट विदेश मन्त्रीहरूको यो चौथो भ्रमण हो भने सन् २०१९ पछि विदेश मन्त्रीको कामीकावाको पहिलो नेपाल भ्रमण हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर