• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा

काठमाडौँ ।  जापानका विदेशमन्त्री खामिखावा योकोले वसन्तपुरको भ्रमण गरेकी छन् । नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँ आइपुग्नुभएका उनी अपराह्न वसन्तपुरमा पुगेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी हुन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर