• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेट

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता भएको छ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार अपरान्ह उनीहरूबीच भेट भएको उनको सचिवालयले जनाएको छ। 

विदेशमन्त्री योको आइतबार मध्यान्ह उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा औपचारिक भ्रमणमा आइपुगेकी हुन्।

उनको यो पहिलो नेपाल भ्रमण हो। आजै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। 

भ्रमणका क्रममा आइतबार दिउँसो उनले काठमाडौँ दरबार क्षेत्रको समेत अवलोकन गरेकी छिन्। 

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्दैछन्। विदेशमन्त्री कामिकावा भ्रमण सम्पन्न गरी आजै राति जापानका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर