• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषामा सरकारी काम 

 

  • दुई फरक भाषा प्रयोग थालेको हर्षमा आज बागमतीमा सार्वजनिक विदा

काठमाडौं । बागमती प्रदेश सरकारले आजदेखि यस प्रदेशमा बाहुल्य रहेको तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू गरेको छ । 

यसै अवसरमा प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक विदा दिएको छ । 

प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकारुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।

उनका अनुसार सोमबार काठमाडौँमा विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ ।  

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू गर्ने निर्णय गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर