• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

जसपाको दावीः बहुमत केन्द्रीय सदस्य पार्टीमै छन्

काठमाडौं । जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको दावी गरेको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै अहिले दल बिभाजनको अवस्था नरहेको बताएका छन् । 

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट विद्रोह गरेर नयाँ दल दर्ताका लागि अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा दर्ता गराएको निवदेनलाई असंवैधानिक भनेको छ ।

पार्टी प्रवक्ता मनिष कुमार ‘सुमन’ ले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी विभाजनको मनस्थिति बोकेर आयोग पुगेकाको विषयप्रति गम्भीर नहुन पनि केन्द्रीय सदस्य लगायतलाई आग्रह गरेका छन् । 

‘हाल संसद अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजन सम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दल प्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई असंवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।


जसपाको ३७६ सदस्यीय केन्द्रीय समिति छ । जसमा राईको पक्षमा ३१ जना मात्रै खुलेका छन् । त्यसमा पनि अधिकांशले हस्ताक्षर नगरेको प्रवक्ता सुमनले दाबी गरेका छन् । जसपा कार्यकारिणी समिति १८ सदस्यीय छ। राईको पक्षमा ८ जना मात्रै उभिएका छन् । यही हिसाबलाई आधार मानेर जसपाले आफ्नो पक्षमा बहुमत दाबी गरेको हो ।

त्यस्तै, जसपा विभाजित भन्दै प्रकाशित भएका समाचारहरूमा पनि पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल बिभाजन सम्बन्धि अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजनको अवस्था नरहेको बताएका छन् । साथै उनले दलको बहुमत सदस्य दलप्रति प्रतिबद्ध नै रहेको बताउदै सम्पूर्ण केन्द्रिय सदस्यलगायत कोहि पनि भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर