• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

पार्टी फुटेको विषयमा उपेन्द्रले गरे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । नेपाल फर्किनासाथ जसपाका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्। 

अमेरिकाबाट गएराति नेपाल फर्किएका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन्। 

प्रधामन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले उनीहरुबीच भेटवार्ता भएको जानकारी दिए। 

प्रधानमन्त्रीसँगको छलफल सकेर बालुवाटारबाट बाहिरिएका यादव सभामुखले बोलाएको बैठकमा सहभागी हुन् सिंहदरबारतर्फ लागेका छन्।

यादव अमेरिकामै रहेको बेला उनको दल जसपा विभाजन भएको छ। १२ सांसद रहेको जसपाका ७ जनाले यादवको साथ छाडेर नयाँ दल गठन गरेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर