• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

छानविन गर्नु पर्दैन, संसदमा बोल्न पाउँ भन्दै लामिछानेले सभामुखलाई पठाए पत्र

काठमाडौं । रास्वपा अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि छानबिन गर्न संसदीय समिति बनाउने आधार नभएको बताएका छन्। 

आज मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्षहरू सम्मिलित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महान्यायाधिवक्ता कार्यालयले नै आफूविरुद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको दाबी गरेका हुन्। 

रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्रीले भने, ‘महान्यायाधिवक्ता कार्यालयले नै मविरुद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै छैन। आधार नभई किन छानबिन समिति बनाउने रु यदि केही आधार नभई बनाउने हो भने सहमति गरौँ। भ्रष्टाचार मुद्दा मा दोषी ठहर भएको संसदमा आउने, कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने।’  

बरु लामिछानेले संसद्‍मा बोल्न अनुमति माग्दै  सभामुख देवराज  घिमिरेलाई पत्र पठाएका छन् ।सहकारीको बचत अपचलनमा  मुछिएका लामिछानेकोबारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल  कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।

उनले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन् । उनले आफ्नाबारेमा उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी आएको लामिछानेले दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर