• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

देउवा विहानै सुटुक्क बालुवाटार छिरेर प्रधानमन्त्रीलाई भने- संसद चल्न दिन्छौं, तर..

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाएर छलफल गरे । उनको मूल चासो संसदको बजेट अधिवेशन सुचारु होस भन्ने थियो ।

तर बैठकमा नै कुनै ठोष निर्णय नभएको सौहार्दपूर्ण रुपमा बैठक सकिएको नेताहरुले बताए । बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले आ आफ्ना राजनीतिक अडानहरु राखेका थिए । 

तर रोचक के छ भने बैठकमा चर्को अडान राखेका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले विहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर संसद खोल्न सहयोग गर्ने बचन दिएका थिए ।

बालुवाटार उच्च स्रोतका अनुसार देउवा विहान १० बजे सुटुक्क बालुवाटारस्थित प्रधानमन्त्री निवास छिरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर सभापति देउवाले संसदबाट नीति तथा कार्यक्रम र बजेट पनि पारित गर्नुपर्ने, संसदको अबरोध हुँदा ती काममा असर पर्ने भन्दै कांग्रेस बेजेटनै रोक्ने पक्षमा नरहेको बताएका थिए । 

उच्च स्रोतले समाचार दैनिकलाई दिएको जानकारी अनुसार कांग्रेसकै तर्फबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेलले पहिलो पटक संसदबाट सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने अवसरलाई कांंग्रेसले अबरोध गर्ने अवस्थामा छैन ।

तर त्यसअघि सरकारले काँग्रेसका नेता लक्षित अनुसन्धानका काम अघि बढाउन नहुने सर्त देउवाले अघि सारेको स्रोतको दावी छ । 

नक्कली भुटानी शरणार्थी काण्डमा कांग्रेसका नेता बालकृष्ण खाँट अदालतको आदेशमा थुना बाहिर आएका थिए ।

उनकी श्रमती, देउवा पत्नी तथा संसद आरजु देउवालगायतको पनि नाम चर्चामा थियो । तर उनीहरुमाथि पक्राउ तथा अनुसन्धान भएन ।

वर्तमान गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी लगायत कतिपय विषयको छानविन गराउन र मुद्धा चलाउन लागेका थिए । सभापति देउवाले राजनीतिक वातावरण विगार्नेगरि सरकारले मनसाय राखेर छानविन तथा मुद्धा अघि नबढाउन आग्रह गरेको बताईएको छ । 

यसमा सकारात्मक जवाफ दिएका प्रधानमन्त्री प्रचण्ड र सरकारलाई बलियो भरथेग दिएका एमाले अध्यक्ष केपी ओलीलेसमेत गृहमन्त्री लामिछानेलाई धेरै आक्रामक नहुन सुझाव दिएको स्रोतले बतायो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर