• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

सन्दीपले चुनौती दिएः यो घटना घटेको होइन घटाईएको हो

काठमाडौं । बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा  राख्दै उनले घटना घटेको नभई कसैबाट घटाइएको जिकिर गरेका छन् ।

उनले  भनेका छन्, ‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’

 ‘यदि म दोषी देखिन्छु भने मलाई फाँसीमा चढाइयोस् । मलाई ८ वर्षले पुग्दै पुग्दैन। तपाईँहरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ’, उनको भनाइ छ ।  

लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै बेला उनले सामाजिक अभियन्ता र आफूमाथि खनिइरहेकाहरूप्रति समेत कटाक्ष गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर