• २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024

यसपाली पिएसजीको च्याम्पियन्स लिग सपनामा डर्टमुण्ड बाधक

काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमुण्डले फ्रान्सेली च्याम्पियन्स पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई स्तभ्द पारेको छ । युरोपेली च्याम्पियन्स लिग जित्ने पिएसजीको सपनामा यसपाली डर्टमुण्ड बाधक बनेको हो ।

पिएसजी माथि दोस्रो लेगमा उसैको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा १–० सहित समग्रमा २–० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।

गएराति भएको दोस्रो लेगमा डर्टमुण्डका लागि खेलको एकमात्र गोल म्याट्स हुमेल्सले दोस्रो हाफको ५०औं मिनेटमा गरे । खेलमा अधिकाँश समय नियन्त्रण कायम गर्दै धेरै प्रहार गरेपनि पिएसजीले गोल हान्न भने सकेन । परिणामस्वरुप स्टार खेलाडीहरुले भरिपूर्ण पिएसजी यस सिजन पनि च्याम्पियन्स लिग उपाधि उचाल्न बाट चुकेको छ । डर्टमुण्डले रक्षात्मक प्रदर्शन गर्ने रणनीति लिएको थियो ।

गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १–० को अग्रता लिएको थियो ।  

डर्ट मुण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । दोस्रो लेग भोलि हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर