• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

सुनकोशी–मरिण डाइभर्सनको आज सुरुङ  ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको बुधबार (आज) छिचोलिने भएको छ। औपचारिक ‘ब्रेक थ्रु’ का लागि केही सेन्टिमिटर काम बाँकी राखिएको आयोजनाले जनाएको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा एक कार्यक्रमबीच सुरुङको ‘ब्रेक थ्रु’ गर्नेछन् । उक्त कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड हिजै सिन्धुली पुगेका छन् ।

१३ दशमलव ३ किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ‘ब्रेक थ्रु’ हुन लागेको हो। आयोजनाको प्रवेशद्धार कमलामाई नगरपालिका–२ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रु’ हुने छ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म सुरुङ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर