• २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024

 च्याम्पियन्स लिगः वार्यनम्युनिख विरुद्ध रियलको रोचक जित

विराटनगर । सर्वाधिक धेरै याे लिग जितेकाे स्पेनिस क्लब रियल मड्रिडले यसपाली पनि दावी कायम राखेकाे छ । गएराति जर्मन पावरहाउस वार्यनम्युनिख विरूद्ध घरेलु मैदानमा भएकाे खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हाे ।

बायर्न म्युनिखविरुद्ध दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो ।

एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियलले उत्कृष्ट पुनरामगन गर्दै फाइनल प्रवेश गरेको हो ।

६८औं मिनेटमा अल्फोन्सो डेविसले बायर्नलाई अग्रता दिलाएका थिए ।  

तर ८८औं मिनेटमा रियलले खेलमा बराबरी गर्यो । बायर्नका गोलरक्षक म्यानुएल नुएरले भिनिसियस जुनियरको प्रहार नियन्त्रणमा लिन नसकेपछि जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा जोसेलुले अर्को गोल गर्दै रियललाई जित दिलाए । 

बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो ।  

रियलले अब फाइनलमा उपाधिका लागि अर्को जर्मन टोली बोरुसिया डर्टमुण्डसँग खेल्नेछ । डर्टमुण्डले गएरातिकाे सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि समग्रमा २-० को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर