• २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024

युक्रेनका थप दुई गाउँ रुसको कब्जामा

एजेन्सी । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको दाबी गरेको छ।  दुई वर्षअघि आफ्ना सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश रहेको रुसले जनाएको छ। 

रुसी रक्षा मन्त्रालयले सेनाले ‘खार्किभ क्षेत्रमा किस्लिभ्का गाउँ’ र ‘डोनेट्स्क पिपुल्स रिपब्लिकमा नोभोकालिनोभ’ लाई मुक्त गरेको जनाएको छ। 

किस्लिभ्का संकटग्रस्त युक्रेनी गढ कुपियान्स्कबाट करिब २० किलोमिटर टाढा छ भने नोभोकालिनोभ अवडिभकाबाट करिब १० किलोमिटर उत्तरमा छ । यी गाउँलाई मस्कोले फेब्रुअरीमा कब्जा गरेको थियो। 

युक्रेनी सेनामा गोला–बारुदको गम्भीर अभावको फाइदा उठाएर रुसले उत्तरपूर्वमा नयाँ आक्रमणको तयारी गरिरहेको हुनसक्छ भन्नेमा युक्रेनका अधिकारीहरू चिन्तित छन्। 

युक्रेनका कमान्डर(इन(चिफ अलेक्जेन्डर सिरस्कीले अप्रिलमा किएभ तीन वटा गाउँबाट पछि हटेको र अगाडिको रक्षा गर्नका लागि किल्लाको नयाँ लाइन बनाइरहेको बताएका थिए। 

मस्कोले हालका महिनाहरूमा मोर्चामा अग्रता हािसल गरेको छ। किएभले पश्चिमी सहयोगको महत्त्वपूर्ण आपूर्तिको प्रतीक्षा गरिरहेको बेला रुसले युद्धमैदानमा आफ्नो जनशक्ति र हतियारको फाइदाका कारण दबाब बढाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर