कोशीको मुख्यमन्त्री कार्कीको दाबी पेश, आजै सानो आकारको मन्त्रिमण्डल गठन

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश भएको हो ।

कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश भएको हो ।

प्रदेश प्रमुखले आजै मुख्यमन्त्री कार्कीलाई सपथ गराउने तयारी गरेको स्रोतको दावी छ । आफ्नो पद तथा गोपनियताको सपथ सर्गै कार्कीले समेत सानो आकारको मन्त्रिपरिषद आजै गठन गर्ने तयारी गरेका छन् ।

जसमा माओवादी र एमालेका तर्फबाट केही मन्त्री बन्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर