• २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024

सर्वोच्चमा आज कुनैपनि इजलास नबस्ने

काठमाडौं । बिहीबार सर्वोच्च अदालतमा कुनैपनि इजलास नबस्ने भएको छ । सर्वोच्चका पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएकाले आज सर्वोच्चका कुनै पनि इजलास नबस्ने सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। 

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा बिहीबार सुनुवाइ हुने तय भएको थियो । 

उता कोशीका कांग्रेसकै मुख्यमन्त्री केदार कार्की पनि आफूलाई बर्खास्त गरेको विषयमा मुद्धा दायर गर्न सर्वोच्च पुगेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर