• २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024

माधवकुमारकाे दाेहाेराे चरित्रः 'कांग्रेस–एमाले मिल्न लागेको प्रचण्डलाई सुनाउथे, सरकार ढाल्न देउवाकोमा पुग्थे'

काठमाडौं । नेपालमा सवैभन्दा मज्जाले फस्टाउने व्यवसाय राजनीति हो भन्दा फरक पर्दैन । सिद्धान्ततः राजनीति सेवा हो । तर नेपाली नेताहरुले यसलाई पेशाकै रुपमा अपनाउन सकेका छैनन् ।

उनीहरु देश र जनताको सवोत्तम हीत भन्दा आफू, आफ्नो दल, आफ्नो गुट, आफ्नो परिवार, आसेपासे र जसले पैसा दिन्छ उसैको पक्षमा हुनेगरि राजनीति गरिरहेका हुन्छन् । त्यसैले पनि यसलाई नेताहरुले व्यवसाय बनाए भन्न मिल्छ । 

नेताहरुमा रहेको यही स्वार्थका कारण देश निरन्तर अस्थिर राजनीतिको सिकार भएको छ । चुनाव भएर नयाँ सरकार बनेकै भोलिपल्ट देखि सरकार ढाल्ने खेल सुरु हुन्छ । जनमतले दिएको म्याण्डेड अनुसार जनतामा जाने र नयँ चुनावको तयारी गर्ने प्रवृती राजनीतिमा विकास हुनै सकेन । यसले देशको विकासमा अवरोध सृजना भएको छ । 

सिद्धान्ततः माथिका कुरा पुष्टि गर्ने राजनीतिको पछिल्लो घटना हो वर्तमान सरकार ढाल्न सुरु भएको चलखेल । यस्तो चलखेल पनि राष्ट्रिय दलको मान्यता समेत पाउन नसकेको १० सिटे एकीकृत समाजवादीले गरेको छ ।

सोही पार्टीका एक शीर्षस्थ नेताले समाचार दैनिकलाई दिएको जानकारी अनुसार एमालेले भरथेग गरिदिएको माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकार ढाल्न समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले पछिल्लो महिना चर्कै लबिङ गरे । जसलाई साथ दिएका थिए जसपाका अध्यक्ष उपेन्द्र यादवले  । 

एकातिर प्रधानमन्त्री प्रचण्डलाई भेटेर यी नेताहरु कांग्रेस एमाले मिलेर सरकार बनाउन लागेको र साना दलहरुलाई बाहिर राख्ने तयारी भएको कुरा सुनाउथे । बालुवाटार स्रोतका अनुसार एमाले कांग्रेस मिलेर सरकार बन्नै लागेको हो कि भन्ने आशंका प्रधानमन्त्रीमा पनि सृजना भएको थियो । तर ती दुवै दलका नेताहरुले त्यसलाई असन्त भनेर खण्डन गरे । 

अर्कातफ नेता नेपाल र भुसालसहित जसपाका यादवको बाक्लो भेटघाट कांग्रेस सभापति शेरबहादुर देउवासँग हुने गरेको थियो । समाजवादीकै ती नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड र ओलीले नेपाल र यादवको चलखेल बेलैमा बुझेर नै सरकार जोगाउने रणनीति लिए ।

परिणामस्वरुप जसपा विभाजित नै भयो भने एकीकृत समाजवादी फटबाट बालबाल बच्यो । 

तत्कालका लागि पार्टी फुटबाट बचेको समाजवादीकै सर्वोच्च नेता झलनाथ खनालले सार्वजनिक रुपमा स्वीकार गरेका छन् । 

तर सो पार्टीमा यो विषय समाधान भने भइसकेको छैन । अध्यक्ष माधवकुमार नेपाल देउवाले  प्रधानमन्त्री बनाइदिने आशमा वर्तमान गठबन्धन भत्काउन तयार भएका थिए ।

मन्त्री बन्न नपाएको रिस उपाध्यक्ष राजेन्द्र पाण्डे र मेटमणी चौधरीलाई थियो । महासचिव घनश्याम भुसाल सांसद नभएपनि माधव नेपाललाइ प्रधानमन्त्री बनाएर केपी ओलीसँग बदला लिने पक्षमा थिए । 

तर एकीकृत समाजवादीको बहुमत हिस्सा भने अहिलेकै गठबन्धन र सरकारलाई निरन्तरता दिनुपर्ने अडानमा उभियो ।

अधिकांस नेताको यस्तो अडानले सो पार्टीको बैठकमा चर्काचर्की भयो भने गठबन्धन तोड्ने हो भने पार्टी फुट्नसक्ने चेतावनी नेताहरुले दिए ।

जसका कारण तत्कालका लागि एकीकृत समाजवादी गठबन्धन र सरकारलार्य निरन्तरता दिने पार्टी फुटबाट बचाउने अवस्थामा पुगेको समाजवादीका नेता बताउँछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर