• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

संसद बैठकः कांग्रेसले सुरुमै ढ्यापढ्याप गर्ने, अबरोध गर्ने गगनको प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिएर संसदको बैठक अवरोध गर्ने रणनीति बनाएको छ । 

आज शुक्रबार बसेको संसदीय दलको बैठकले सुरुमै ‘ढ्यापढ्याप’ गरेर सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

त्यसपछि आफू बोल्ने र रवि लामिछानेले बोल्न समय मागे दिने र उनी बोलेपछि पुन संसद् अवरोध गर्ने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री समेत रहेका रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म संसद् अवरोधको अडान कायमै राखेको छ 

‘रवि लामिछानेका बारेमा हामीले उठाएको मुद्दा ठीक छ । घटनाक्रमहरुले पनि त्यसलाई पुष्टि गरेका छन्’, थापाले बैठकमा भने, ‘रविजीलाई आज बोल्न दिनुपर्छ तर उहाँले बोलिसकेपछि संसद्का अरु कुनै पनि गतिविधि अघि बढ्न नदिने हाम्रो नीति हुनुपर्छ ।’

बैठकमा केही सांसदहरुले रविलाई संसद्‌मा बोल्नै दिन नहुने धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर