• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

राष्ट्रिय सभामा सिटौलाले भनेः ‘बैठक अघि बढ्न सक्दैन’

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सांसद तथा नेपालका शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका खेलेका नेता कृष्ण प्रसाद सिटौलाले सहमति सहकार्य र एकताको भावना अनुसार अघि नबढे देश सहज ढंगले अघि बढ्न नसक्ने बताए । 

विगतमा शान्ति प्रकृया र संविधान निर्माणको अवस्था स्मरण गर्दै उनले राजनीतिक दलका शीर्ष नेताहरुले आत्मसमिक्षा गर्ने बेला भईसकेको बताए । 

संविधान बनेको १० वर्ष नपुग्दै जनतामा चरम निराशा पैदा हुनुमा राजनीतिक दलका शीर्ष नेताहरुको कमजोरी कारक रहेको उनले दावी गरे । संविधानले व्यवस्था गरेका विषयहरु व्यवहारमा कार्यान्वयन गर्ने र विकास र समृद्धिका काम हुन नसक्दा जनतामा निराशा आएको उनले बताएका हुन् । 

प्रतिनिधिसभा बैठकमा देखिने सत्ता राजनीतिक क्रियाकलापले राष्ट्रिय सभामा पनि पर्ने उल्लेख गर्दै उनले गृहमन्त्री माथिको छानविनको विषय उठेको र गृहमन्त्री माथि छानविन समिति गठन नभएसम्म राष्ट्रिय सभा पनि अघि बढ्न नसक्ने उनले बताए । 

छानविन समिति नबनाउने हो भने सरकार द्धन्द निम्त्याउदैछ भन्ने देखिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर