• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

अधिवेशनको पहिलो दिन नै बेलैमा सुरु हुन सकेन प्रतिनिधि सभा

काठमाडौं । बजेट अधिवेशनसमेत भनेर चिनिने संघीय संसदको बर्खे अधिवेशन आजबाट सुरु भएको छ । 

दिउँसो २ बजेका लागि तोकिएको अधिवेशनको पहिलो बैठक राष्ट्रिय सभाले बेलैमा सुरु गरेको छ । तर प्रतिनिधि सभा बैठक भने पहिलो दिन नै एक घण्टा भन्दा ढिलो हुँदा पनि अझै सुरु हुन सकेको छैन । प्रतिनिधि सभा कार्यसंचालन नियमावलीमा निर्धारित समयभन्दा दुई घण्टा बैठक ढिलो हुन गएमा सूचनाबाट जानकारी गराउनु पर्ने व्यवस्था छ । 

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक  प्रभावित भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकपछि मात्रै प्रतिनिधिसभाको बैठक बस्ने गर्छ। आज सदनमा दलका शीर्ष नेताले सम्बाेधन गर्ने प्रस्ताव छ।

अधिवेशनको पहिलो बैठक नै किन समयमा सुरु हुन सकेन भनेर संसद सचिवालयले अहिलेसम्म जानकारी गराएको छैन । 

संसद बैठक अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अबरोध गर्ने निर्णय गरिसकेको छ । 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि को बोल्ने/नबोल्नेभन्दा पहिला सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको मागमा सहमति नभए सदन अवरुद्ध हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर