• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

प्रतिनिधि सभा: पहिलो गाँसमै ढुंगा ! जुटेन सहमति, बैठक अन्योल

काठमाडौं । प्रतिनिधिसभा बैठक सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेलाई पहिला गाँसमै ढुंगा भनेजस्तो भएको छ ।

अधिवेशन आव्हान भएको पहिलो दिन जतिसुकै असन्तुष्टि भएपनि शीर्ष नेताहरुले बोलेर बैठक सक्ने परम्परा थियो । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पहिलो बैठकनै अवरोध गर्ने अडान लिएर पहिलो गाँसमै ढुंगा लगाईदिएको हो । 

सभामुख देवराज घिमिरेले दुई चरणमा गरेको छलफलमा सहमति जुट्न सकेन । 

शुक्रबार दिउँसो नयाँ बानेश्वरमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दा कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पछि धकेलिएको छ । 

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले भने,‘सभामुखले दुई चरणमा प्रमुख सचेतक र सचेकहरुसँग छलफल गर्नुभएको छ । कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति जनाएन ।’ 

शीर्ष नेताहरूलाई बोल्न दिने प्रस्तावमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले असहमति जनाएपछि अझैसम्म कार्यव्यवस्था समितिकाे बैठक बस्न सकेकाे छैन।  

आज २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतक र सचेतकहरूसँग दुई चरणमा छलफल गरेका छन्। 

कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र मात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने, तर नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएपछि कार्यव्यवस्था बैठक बस्न सकेको छैन। 

सभामुखसँग छलफलमा कांग्रेस सहमत नभएपछि प्रमुख सचेतकहरू आआफ्ना शीर्ष नेताहरूसँग छलफलका लागि गएका छन् । शीर्ष नेतासँगको छलफलपछि पुनः सभामुखसँग छलफल गर्ने र त्यसपछि कार्यव्यवस्था बैठक राख्ने तयारी गरिएको छ ।

दिउँसो २ बजेका लागि बोलाईएको बैठक ३ बजेर ५० मिनेट जाँदासम्म सुरु हुन सकेको छ । निर्धारित समयभन्दा २ घण्टासम्म पनि संसद बैठक संचालन हुन नसकेका सूचनाबाट जानकारी गराउनु पर्ने नियमावलीको व्यवस्था छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर