• २०८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024

रवि भर्सेस गगनः ऋण लिएको प्रमाणित गरे राजनीति छोड्छु, नसके तपाईंले छोड्नु पर्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् ।

लामिछानले आफूले ऋण लिएको प्रमाणित भएमा राजनीति छोडिदिने बताउँदै प्रमाणित नभए गगन थापाले राजनीति छाड्ने कि नछाड्ने भन्ने प्रश्न गरेका छन् । उनले प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

‘आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नु भयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन ?’

उनले मिडियाबाजी र घेराबन्दी भएको बताए । लामिछानेले मिथ्या सूचना प्रकाशित गरेर आफूविरुद्ध घेराबन्दी भएको बताएका छन् । उनले निवेदन दिएर ऋण लिएको प्रमाणित भए राजनीति नै छाडिदिने बताए । उनले संसदीय समिति सामान्य कुरा भएको बताउँदै त्यो भन्दा पहिला आफूले सदनमा बोल्न पाउनु पर्ने बताए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गरेका थिए ।

उनले भनेका थिए, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौं ? सहकारीमा आफैले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौं ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौं ?’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर