• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

चर्काे गर्मीबाट बच्न यी उपायहरु अपनाउनुस्

पछिल्ला दिनमा गर्मी बढ्दो छ। नेपालका तराइका भेगमा चर्काे गर्मी र लु नै सुरू भइसकेकाे छ । काठमाडाैंकाे तापक्रमसमेत ३२ डिग्रीसम्म पुगिसकेकाे छ । 

स्वास्थ्यमा सावधानी अपनाइएन भने गर्मी मौसममा विभिन्न खालका स्वास्थ्य समस्याहरू देखिने सम्भावना धेरै हुने गर्छ। त्यसैले यो मौसममा हाइड्रेटेड रहनु अनिवार्य हुन्छ। 

गर्मी बढेसँगै अत्याधिक पसिना आउने, कमजोरी महसुस हुने, चक्कर लाग्ने, हेर्न समस्या हुने, धेरै तिर्खा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, सास फेर्न असजिलो हुने, मुटुको धड्कन बढ्ने, छाला पहेंलो हुने जस्ता विभिन्न समस्याहरू निम्तिन्छन् । तर यस्ता समस्याबाट बच्न सकिन्छ ।

१. हाइड्रेशन:
गर्मी माैषममा हाम्रो शरीरको सबैभन्दा राम्रो साथी भनेको पानी हो । प्रयाप्त मात्रामा पानी पिउनाले हाम्रो शरीरलाई विभिन्न तरिकाबाट फाइदा दिने गर्दछ । तपाईलाई तिर्खा नलागेको भए ता पनि हाइड्रेटेड रहनको लागि नियमित रूपमा पानी पिउने गर्नुहोस् । सामान्यतया प्रति दिन लगभग ८ कप (६४ औंस) पानी पिउनु शरीरका लागि उत्तम मानिन्छ । पानीले तिर्खा मेटाउने काम मात्र गर्दैन, यसले हाम्रो शरीरको तापक्रम नियन्त्रण गर्न पनि मद्दत गर्छ । गर्मीबाट बच्ने पहिलो उपाय भनेको नियमित रुपमा पानी सेवन गर्ने हो । हाइड्रेशन हाम्रो छालाबाट पनि हुने हुँदा चिसो पानीले पनि नुहाउदा पनि यसले गर्मीको प्रभाव कम गर्न सकिन्छ ।

२. पार्क वा सितल भएको ठाउँमा बस्नुहोस्:
चर्को घाम लागीरहेको बेला सकेसम्म छत, रुख वा छाताको छायामा बस्नुहोस् । घर भित्र बसिरहनुभएको छ भने पंखा वा एसीको शितलतामा बस्नुहोस् । प्रत्यक्ष सूर्यको किरणबाट बच्नाले गर्मीमा हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न सकिन्छ । गर्मीबाट छुटकाराको लागि हरियाली र पर्याप्त छाया भएको पार्कहरू, बगैंचाहरू, वा तालहरूमा जानुहोस् । प्रकृतिसँग जोडिनुले तपाईंलाई शान्त रहन मात्र मद्दत गर्दैन, तपाईंको दिमाग र मनलाई पनि आनन्दित हुन मद्दत गर्दछ ।

३. कपडाको छनाैट:
कपडाको छनौटले पनि गर्मीयाममा हामीलाई गर्मीको प्रकोपबाट बचाउने गर्दछ l विशेष गरी गाढा रङका लुगाहरूको साटो हल्का, लुज-फिटिंग कपडाहरू लगाउने गरेमा पनि गर्मीको जोखिम कम हुने गर्दछ । कपास वा लिनेन जस्ता कपडाहरू लगाउने गर्नुहोस्, किनकि तिनीहरूमा हावाको संचार राम्रो हुन्छ र तपाईंको शरीरलाई धेरै तातो हुनबाट रोक्दछ ।

४. खानेकुराहरू:
गर्मीयाममा विशेषत हामीले शरीर चिसो बनाउने खानेकुरा वा फलफूल जस्तै खर्बुजा, काक्रो, नरिवल, सुन्तला, कागती, अंगुर, भुइकटर, अनार, अम्बा, आदि खाने गर्नु पर्दछ । यस्ता फलफूलले पनि शरीरलाई हाईड्रेट गर्ने गर्दछन् । त्यसै गरी अदुवा, बेसार, मरिच, तोरी, लगायत शरीरलाई गर्मी गर्ने खानेकुराहरूलाई कम गर्नु पर्दछ ।

५. घर शितल बनाउने:
आफ्नो बस्ने ठाउँलाई प्रत्यक्ष सूर्यको किरणबाट जोगाउन पर्दा वा ब्लाइन्डहरू प्रयोग गर्नुहोस् । इलेक्ट्रोनिक सामाग्री प्रयोग नभएको बेला बन्द गर्ने र घरमा हावाको बहावलाई सञ्चालन गर्नु पर्दछ । साथ साथै गर्मीको जोखिमबाट बच्नका लागि घर वरपर रुख बिरुवाहरू रोप्ने गर्नु पर्दछ l जस कारण घर वरपरको वातावरणलाई शितल बनाउने गर्दछ l

६.मौसम पूर्वानुमानबारे सूचित रहनुहोस् l
मौसमको अवस्था कस्तो छ र कस्तो हुन सक्छ भन्ने विषयमा जानकार रहेमा, त्यसै अनुसार पहिरन छनौट गर्ने तथा आफ्ना गतिविधिहरू योजना गर्न र आवश्यक सावधानीहरू लिन सक्नुहुन्छ ।

७. सन स्क्रिनको प्रयोग गर्ने
घामबाट निस्किएका अल्ट्रा भाइलेट (UV rays) जस्ता घातक विकीरणहरूबाट बचाउनका लागि गर्मीयाममा घर बाहिर निस्कँदा चिकित्सकको सल्लाह अनुसार आफ्नो छालालाई मेल खाने सन स्क्रिनको प्रयोग गरेमा छालामा आउन सक्ने समस्या न्यूनीकरण हुनुका साथै क्यान्सर जस्तो जोखिमपूर्ण रोगको सम्भावनालाई कम गर्न सकिन्छ l

८. फ्लू को लक्षण देखिए सावधानी अपनाउनुहोस्: गर्मीको लहरको समयमा गर्मी थकान र गर्मी स्ट्रोक सामान्य छन्। यी लक्षणहरूमा चक्कर लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने र थकान समावेश हुन्छ। यदि तपाईं यीमध्ये कुनै पनि लक्षणहरू अनुभव गर्नुहुन्छ भने, तुरुन्तै चिकित्सा ध्यान खोज्नुहोस्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर