नेकपा एमाले सुनसरीकाे अध्यक्षमा खनाल निर्वाचित

विराटनगर । नेकपा (एमाले) सुनसरीको आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । अधिवेशनमा खनालकोे प्यानलै विजयी भएको निर्वाचन समितिले जनाएकाे छ । 

सुनसरीको आठौँ जिल्ला अधिवेशनमा निलम खनालले ३८३ मत प्रप्त गरी विजयी भए । एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि मतदान गरिएको थियो ।

बुधवार साँझ सार्वजनिक मत परिणामअनुसार खनालका प्रतिस्पर्धी खेमराज पोखरेलले २८७ मत प्रप्त गर्नुभयो । सार्वजनिक गरिएको मतगणना परिणामअनुसार खनाल नेतृत्वको प्यानल विजयी भएको निर्वाचन सम्पर्क मञ्चका उपाध्यक्ष रमेश विष्टले जानकारी दिए । 

सम्पर्क मञ्चका उपाध्यक्ष विष्टका अनुसार खनाल प्यानलबाट उपाध्यक्षमा पर्शुराम यादवले ३२९, सचिवमा राम कोइराला ३८८, इन्द्रकला राई ४३८ र उपसचिवमा यामकुमार सुब्बा ३८५ मत ल्याएर विजयी हुनुभयो ।  

निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा नन्द बस्नेतले ३२९, सचिवमा पदमा लिम्बूले २७० मत ल्याउनुभयो । उपसचिवमा देवानन्द मेहताले १९७ मत ल्याउनुभयो ।  

लेखा समिति र सदस्यहरुको मत परिमाण आउन बाँकी रहेको निर्वाचन सम्पर्क मञ्चका उपाध्यक्ष विष्टले जानकारी दिनुभयो । सुनसरी निर्वाचामा जम्मा मतदाता संख्या ७२७ जना रहेकोमा ६८१ मत खसेको थियो । 

आठौ सुनसरी जिल्ला अधिबेशनबाट निर्बाचित पधाधिकारिहरुमा हार्दिक बधाइ साथै सफल कार्यकालको हार्दिक शुभकामना । अन्तिममत गन्दाको परिणाम

क) अध्यक्ष

२) निलम खनाल- २८२+५५=३३७+४६=३८३

ख) उपाध्यक्ष

२) पर्शुराम यादब- २४४+४९=२९३+३९=३३२

ग) सचिब

२) राम कोइराला:- २७९+५९=३३८+५०=३८८

घ) उपसचिव पद(महिला):-

१) इन्द्रकला राई- ३२३+६१=३८४+५४=४३८

ङ) उपसचिव

२) यामकुमार सुब्बा- २८०+६०=३४०+४५=३८५

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर