झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चड पुलमै अड्किए

सुर्खेत । अछामबाट दैलेखमा दैनिक उपभोग्य सामाग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीमाथिको झोलुङ्गे पुलको एकातर्फका फलामे लठ्ठा चुँडिदा पुलमै फसेका छन् ।

आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका–९ बाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्यबस्तु लिनका लागि खच्चड आउँदै थिए ।

अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदीमाथिको उक्त पुलको एकछेउका लठ्ठा चुडिँदा खच्चर अड्किन पुगेका थिए। लठ्ठा चुडिँएको भागको पुल झुकेपछि १३ खच्चर जालीमा छिरेका थिए। ती खच्चरको उद्धार अहिले जाली काटेर भइरहेको छ। 

प्रहरी र स्थानीय लागेर खच्चर फसेका जाली काटेर कर्णाली नदीमा खसालिएकाे छ । केही खच्चर आफैँ पौडी खेलेर किनारमा आए, केहीलाई डुंगामार्फत् निकालिएको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर