मुसीकोटमा बोलेरो दुर्घटना : तीनको मृत्यु, तीन जना घाइते

File-Photo

रूकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ गिलवाङमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाका ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । आइतबार राति ८ः३० बजे बाँफिकोट गाउँपालिका–४ को छिनखेतबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गरेको गाडी गिलवाङ नजिकै दुर्घटना भएको हो ।

वर्ल्डलिंक कम्युनिकेसनको कर्णाली प्रदेश ०२००१ च ०४१३ नम्बरको गाडी सडकबाट खस्दा बर्दिया ठाकुरबाबा नगरपालिका –५ का २७ वर्षीय सौगात विक, सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका बड्डीचौरका २२ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नवराज पोखरेलले जानकारी दिए ।

यस्तै दुर्घटनामा घाइते हुनेहरूमा रुकुम पश्चिमको बाँफिकोट–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा–५ कालीगौडीका २७ वर्षीय आरएन भनिने टीकाराम खनाल छन् । घाइतेहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । गाडी सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर