• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

अमेरिकामा खेल हेर्न नपाएपनि नाच्दै फर्किए नेपाली समर्थक 

काठमाडाैं । फ्लोरिडाको वेस्टपामबिचमा बस्दै आउनुभएकमा बुटबलका राजकुमार श्रेष्ठले नेपाल र श्रीलङ्काबिचको खेल हेर्न दुई महिनाअघि टिकट बुक गरे ।

उनले आफूसँगै श्रीमती र दुई सन्तानका लागि पनि टिकट लिए । महँगाे मूल्यको दर्शक टिकट लिएर परिवारसहित  बुधबार ब्रोवार्ड काउन्टी स्टेडियम पुग्नुभएका श्रेष्ठले खेलको मजा भने लिन पाएनन् । 

‘‘नेपालले राम्रो खेल्ला र जितको मजा लिन पाइएला भनेर उत्साहित थियौँ । तर दुई महिनादेखि नेपाली समुदायले गरेको मिहेनत र उत्साहमा वर्षा बाधक बन्यो । खेल हेर्न नपाए पनि अविरल वर्षाबिच हजारौँ सङ्ख्यामा उपस्थित नेपाली दाजुभाइ र दिदीबहिनीलाई देखेर खुशी लागेको छ । आज नेपाल पुगेको जस्तो भान भएको छ,’’ श्रेष्ठले भने । 

ब्रोवार्ड काउन्टी स्टेडियममा उपस्थित श्रेष्ठ जस्तै नेपालको खेल हेर्न अमेरिकाको विभिन्न राज्यबाट महँगाे हवाई टिकट खरिद गरेर हजारौँ दर्शक ब्रोवार्ड काउन्टी स्टेडियम आएका थिए । बाजागाजा, नेपालको झण्डा र नेपाललाई समर्थन गर्ने विभिन्न प्लेकार्ड बोकेर प्यारापिटमा जम्मा भएका नेपाली समर्थकले खेल सुचारु हुने सोचमा लामो समय नाचगान गरेर बिताए । गीत गाए र धेरै समय रमाए पनि ।

अन्तिममा लगातार वर्षाले टस नै नगरी अम्पायरले खेल रद्द भएको घोषणा गरेपछि नेपाली समर्थक निराश बनेर घर फर्किएका थिए । १४ हजार क्षमताको ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार करिब पाँच हजारको सङ्ख्यामा नेपाली समर्थक विभिन्न स्थानबाट पुगेका थिए । नेपालको तुलनामा श्रीलङ्काको समर्थक नगन्य देखिन्थे ।

यसअघि डालासमा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि त्यहाँको स्टेडियम नेपाली समर्थकले भरिएको थियो । 

गाेरखापत्रबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर