सरकार फेर्ने कुरा सोच्नु हुँदैनः नेता नेपाल

जनकपुरधाम । पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा समाजवादी प्रेस संगठनले राखेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

राजनीतिक स्थायित्वको पक्षपोषण गर्ने शक्तिले असन्तुष्टि हुने बित्तिकै बसेर छलफल नगरी छिनभरमै समीकरण भत्काउने र सरकार बदल्ने सोच्न पनि नहुने उनले बताए ।

"सरकारले ल्याएको बजेटमा हाम्रा असन्तुष्टि छन्," नेपालले भने, "हामी, बसेर छलफल गर्छौ, सरकार फेरबदलको पक्षमा छैनौं" समाजवादी पार्टी सरकारको स्थायित्व,समानता र परिवर्तनको पक्षमा रहेको नेता नेपालले बताए ।

सुशासनका सन्दर्भमा नेता नेपालले स्थानीय सरकारलाई कानुन बनाउने र कार्यान्वयन गर्नेसम्मको अधिकार दिएको भएपनि भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेको भन्दै दु:ख व्यक्त गरे । "कर्तव्यको पलना छैन, यहाँ अधिकार धेरै भयो," उनले भने, "भ्रष्टाचार गर्न कोही कसैले पनि अधिकारको दुरुपयोग गर्नुहुँदैन।"

राजनिति गर्ने देश बनाउन र जनताको सेवा गर्न भएकाले राजनीतिबाट माथि पुगेपछि अधिकारको दुरुपयोग गरि भ्रष्टाचार गर्ने पद्धतिबाट देशको विकास नहुने नेपालले बताए ।

असार १६ गते हुने पार्टीको राष्ट्रिय माहाधिवेसनको तयारीमा मधेसमा आएका नेपालले आफ्नो पर्टिले आफ्नो देशको विशेषताका आधारमा टेकेर प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदैँ नेतृत्व छान्ने जानकारी दिए । मधेसमा ३३ हजार पार्टी सदस्य र मधेसबाट मात्रै केन्द्रिय प्रतिनिधि ३ सय ३१ रहेकाले मधेसमा समाजवादीको अवस्था निकै राम्रो रहेको नेता नेपालले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर