साथीले चलाएको गोली लागेर दार्चुलामा सिकारीको मृत्यु

दार्चुला । जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । शनिबार बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरीका अनुसार शनिबार १० बजेतिर सिकारीको भरुवा बन्दुकको गोली लागेर धंकेको मृत्यु भएको हो । धंकेको टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । 

उनका अनुसार लक्सेरी नागु बस्ने वर्ष अन्दाजी ५३ का जयसिंह डडालले चलाएको गोली लागेर धंकेको ज्यान गएको हो ।


गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार धंके सोही वनमा पासा थापिरहेको प्रहरीको भनाइ छ । स्थानीयसित सामान्य सोधपुध गर्दा दुवै सिकारी रहेको बुझिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहको कमाण्डमा प्रहरी टोली खटिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर