• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

आज महान फुटबलर मेसी जन्मिएको दिन

काठमाडौं । सन् १९८७ मा आजकै दिन (जुन २४) मा चर्चित फुटबलर हालका विश्व नम्बर वान लियानेल मेसीको जन्म भएको थियो । अर्जेन्टिनाको रोसोरियोमा जन्मिएका मेसी पाँच वर्षकै उमेरदेखि फुटबल खेल्न थालेका थिए ।

सानै उमेरमा स्थानीय क्लब ग्रान्डोलीमा अनुबन्धित भएका मेसीमा ग्रोथ हर्मोनको कमी देखिएपछि उपचारका लागि बार्सिलोना क्लब पुगेका थिए ।

मेसी १३ वर्षको उमेरमा स्पेनी क्लब बार्सिलोनामा अनुबन्धित भए । त्यसको चार वर्षपछि उनले प्रतिस्पर्धात्मक खेल खेल्न सुरु गरेका थिए । अन्य खेलाडीभन्दा उचाइ कम भएका कारण उनले ड्रिबलिङ र कलात्मक खेल शैलीमा आफूलाई निपुण बनाउँदै लगे ।

खेल करिअरका क्रममा उनले एक सिजन फ्रान्सेली लिग वान पीएसजीमा पनि बिताए । तर त्यहाँ खुसी हुन सकेनन् । भलै उनकाे उपस्थिति कमजाेर थिए ।

टिम भावना र फ्यान तथा मिडियाले साथ नदिदा उनी पेरिसमा खुसी हुन सकेनन् । विश्वकपमा फ्रान्सलाइनै पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेपछि उनीप्रति पेरिस झन नकारात्मक भयाे । जुन कुरा उनले अन्तर्वार्तामा समेत खुलाएका छन् ।

मेसीले २२ वर्षको उमेरमै बालोन डी’ओर जित्न सफल भएका थिए । फुटबल करिअरमा मेसीले आठ पटक बालोन डी’ओर र ६ पटक युरोपियन गोल्डेन बुट जितेका छन् । त्यस्तै उनी फिफाद्वारा आठ पटक उत्कृष्ट खेलाडी घोषित भइसकेका छन् । बार्सिलोनाका लागि मेस्सीले १० ला लागा, ७ कोपा डेल रे र ४ च्याम्पियन्स लिग गरी ३४ ट्रफी जितेका छन् । 

उनकाे तुलनामा कुनै पनि खेलाडीले यति उपाधि जितेका छैनन् । उनकाे समकालिन निकट्तम् प्रतिद्वन्दी पाेर्चुगलका क्रष्टियानाे राेनाल्डाेले ५ पटक बालाेन डी ओर जिते ।

अर्जेन्टिनाका लागि उनले २०२१ को कोपा अमेरिका र २०२२ को विश्वकपसमेत हात पारिसकेका छन् । २०२३ जुलाई यता मेसीले अमेरिकी मेजर लिग सकर क्लब इन्टर मायामीबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।
हाल काेपा अमेरिका खेलिरहेका मेसीले सन् २०२६ काे विश्वकप पनि खेल्ने सम्भावना बढेकाे छ । उनले त्यसकाे संकेत गरेका छन् । टिमका अन्य साथीहरू माथ कति फिट हुनसक्छु त्यसैमा निर्भर रहने उनले बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर