'इट्स माइ शो'को बिबादमा सुरजसिंह ठकुरीको प्रवेश, ब्राण्ड ध्वस्त भयो

काठमाडौं । कान्तिपुर टेलिभिजनकाे चर्चित कार्यक्रम इट्स माई शो विवादकाे उच्चतम् बिन्दुमा पुगेकाे छ । 

कलाकार तथा टेलिभिजन प्रस्तोता सुरजसिंह ठकुरीले लगाउने गरेकाे याे कार्यक्रम उनकाे टेलिभिजनबाट बहिरगमनसँगै नयाँ प्रस्ताेतालाइ दिइयाे । तर पहिलाे एपिसाेडमा नै बिबादकाे उत्कर्षमा पुग्याे ।

जसमाथि प्रस्ताेता ठकुरीले पनि प्रतिक्रिया जनाउदै आफ्नो ब्रान्ड ध्वस्त भएको बताए । उनले सामाजिक सञ्जालमार्फत भने, ‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्ड प्रतिको मेरो बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामाग्रीको हिस्सा बन्न चाहन्न ।’  

‘तपाईंहरुको सबैले मलाई वर्षौँदेखि देखाउनुभएको अपार माया र समर्थनको म सधैँ आभारी छु’, उनी थप्छन्– ‘तपाईंहरुको प्रोत्साहन मेरो करियरमा एक प्रमुख शक्ति हो । आगामी दिनमा पनि तपाईंहरुले रमाइलो गर्ने र गर्व गर्न सक्ने सामाग्री ल्याउन प्रतिवद्ध छु ।’ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर