मनसुनी वर्षाले विराटनगर जलमग्न

विराटनगर । रातभर परेकाे मनसुनी वर्षाका कारण विराटनगरका अधिकांस स्थान जलमग्न बनेकाे छ । 

हरेक वर्षा जस्तै यसपाली पनि विराटनगरको वडा नम्बर १२ मा धेरै सडकहरू पानीले भरिएर तलाउ जस्तै बनेका छन् । 

नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ । ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकांश स्थान जलमग्न भएको हो ।

मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर