• २०८१ असार १६ आइतबार
  • Sunday, 30 June, 2024

तीन दलका शीर्ष नेता वकिलसहित छलफलमा

काठमाडौं । शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय लगायतका विषयमा  तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवलगायत शिर्ष नेताहरुको वालुवाटारमा छलफल भैरहेको छ । 

शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको बिहीबार छलफल भएको हो।

छलफलमा कानुनी पाटाबारे समाधान खाेज्न अधिवक्ता समेत रहेका नेताहरू पनि सहभागि छन् ।

'शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।' प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर