• २०८१ असार १६ आइतबार
  • Sunday, 30 June, 2024

घनश्यामलाई सघाउने कुरा बेकारका: खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको स्पष्ट पारेका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा भएको सचिवालय बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले आफू अध्यक्षबाट ब्याक भएको भन्ने कुरा बेकारका रहेको बताए ।

घनश्याम भुसाललाई समर्थ गर्नु भएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा खनालले भने, ‘होइन, बेकारको कुरा गर्नु हुन्छ । हामी सब एकतावद्ध भएर सहमतिका साथ जाने हो ।’

तपाईंको नाममा सहमति हुन्छ ? भन्ने अर्को प्रश्नमा खनालले प्रतिप्रश्न गरे, ‘ किन नहुनु ? नहुनु पर्ने केही कारण छ ?’

एकीकृत समाजवादीले असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको दशौं महाधिवेशन आयोजना गर्दैछ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपालसहित खनाल र महासचिव घनश्याम भुसाल प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर