• २०८१ असोज १९ शनिबार
  • Saturday, 5 October, 2024

एमालेका मन्त्री क्याविनेट बैठकमा, ‘बालकोट बोलाएको छैन’

काठमाडौंं । सत्ता गठबन्धन फेरिने र आजै एमाले सरकारबाट बाहिरिने चर्चा चलिरहेका बेला  नेकपा एमालेका तर्फबाट सरकारमा सहभागि भएका मन्त्रीहरु मन्त्रिपरिषद बैठकमा सहभागि भएका छन् । 

सरकारबाट बाहिरिने विषयमा आफूहरुलाई कुनै जानकारी नभएको समेत उनीहरुले बताउने गरेका छन् । बैठकमा एमालेका मन्त्रीहरु सहभागि भएको मन्त्रिपरिषद स्रोतले समाचार दैनिकलाई जानकारी दियो । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ ।

उता एमालेका मन्त्रीहरुलाई फिर्ता बोलाउन अध्यक्ष केपी ओलीले बालकोट बोलाएको भन्ने हल्लासमेत निराधार रहेको अध्यक्ष केपी ओलीको सचिवालयले जनाएको छ ।

उनको सचिवालयले फेसबुकमा लेखेको छ, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ।तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ। मन्त्रीलाई बालकोट बोलाइए सत्य होइन् ।’ 

एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि कुनैपनि एमाले नेताहरुलाई बोलकोट नबोलाईएको प्रतिक्रिया दिए । समाचार दैनिकसँगको कुराकानीमा उनले भने, ‘कुन पार्टीका मन्त्री फिर्ता बोलाएको हो थाहा भएन, एमालेका मन्त्रीहरुलाई फिर्ता पनि बोलाएको छैन, बालकोट पनि बोलाएको छैन ।’

आजै एमालेका मन्त्रीहरुलाई पार्टी अध्यक्ष केपी ओलीको निवासमा बोलावट आएको भनिए पनि सो प्रचार गलत रहेको बालकोट स्रोतले जनाएको छ ।

ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चारमाध्यममा खबर आइरहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर