रोल्पा माडीमा जिप दुर्घटनामा ७ को मृत्यु

काठमाडौं । रोल्पा जिल्लाको माडी गाउँपालिकामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीका अनुसार पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको हो ।

जीपमा चढेका कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको छ । चालकसहित ८ जना घाइते छन् । 

जिपमा सवार एउटै गाउँ तालाबाङका थिए।

माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानान सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ । 

पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर