• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

बेलायतमा चुनावः भारतीय मुलका सुनककाे हार

एजेन्सी । बेलायतमा झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ । बिहीबार भएको आम चुनावको नतिजा आएकाे  छ । परिणामअनुसार लेबर पार्टीले अत्याधिक बहुमत ल्याइसकेको छ ।

बिहीबार भएको निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित हुनेछन् ।

सरकार बनाउनका लागि ३२६ सिट आवश्यक पर्छ । अहिलेसम्म लेबर पार्टीले ४१० सिट जितिसकेको छ । त्यस्तै प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टी भने ११९ सिटमा मात्र विजयी भएको छ । त्यस्तै लिबरल डेमोक्रेटिक पार्टी ७१ सिटमा विजयी भएको छ ।

बीबीसीले लेबर पार्टीले ४०५ सिट जित्ने प्रक्षेपण गरेको थियाे । त्यस्तै कन्जरभेटिभ पार्टीले १५४ र लिबरल डेमोक्रेटिक पार्टीलाई ५६ सिट प्राप्त हुने अनुमान गरिएको थियाे ।

मत सर्वेक्षणहरूले २०१० देखि सत्ता सम्हालिरहेको कन्जरभेटिभ दलले नराम्रो पराजय भोगेकाे छ । मतदाताहरूले १४ वर्षमा पहिलो पटक लेबर पार्टीलाई सत्तामा फर्काउने अपेक्षा गरिएको थियो। सोही अपेक्षाअनुसारको चुनावी परिणाम देखिएको छ ।

सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहेका कन्जरभेटिभ नेता भारतीय मुलका ऋषि सुनकले आफ्नो पार्टीलाई चुनावमा अगुवाइ गरे पनि नराम्रो पराजय भोग्नुपरेको छ । प्रधानमन्त्री सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन् ।

लेबर सरकारको पहिलो प्राथमिकता आर्थिक रूपमा देश र जनतालाई सबल र सक्षम बनाउनु अनि आर्थिक स्थिरता प्रदान गर्नु छ ।

त्यस्तै, नेसनल हेल्थ सर्भिस (एनएचएस) मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय (वेटिङ टाइम) घटाउनु, बोर्डर सुरक्षा कमान्ड वा दस्ता बनाउनु प्रमुख प्राथमिकता हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर