विराटनगरमा ग्याङफाइटः एकको मृत्यु

विराटनगर । विराटनगरमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो।
झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनीको मृत्यु भएको हो।
नेपाल टेलिकमनजिक तीनजना युवा गम्भीर घाइते अवस्थामा भेटिएका थिए । उनीहरूलाई स्थानीयले कोशी अस्पताल लगिएको थियो ।
प्रतिकृया दिनुहोस