रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ निष्कासन प्रक्रिया तत्काललाई रोक्ने धितोपत्र बोर्डको निर्णय

काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ रोकिने भएको छ । आज अर्थात् असार २६ गते मुक्ति श्रेष्ठको नेतृत्वमा बसेको नियमन विभागको विभागिय बैंठकले कम्पनी आइपीओ रोक्ने निर्णय गरेको हो ।

चौतर्फी दबाबपछि कम्पनीको आइपीओ रोक्ने निर्णयमा बोर्ड पुगेको हो । कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिँदा घोटाला भएको विषय संघीय संसदको सार्वजनिक लेखा समितिमा प्रश्न उठे पछि बोर्ड आइपीओ प्रक्रिया रोक्ने निर्णयमा पुगेको हो । तत्काललाई आइपीओ प्रक्रिया अघि बढाउन नदिने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।निर्णयको पत्र भने सार्वजनिक भइसकेको छैन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर