• २०८१ कार्तिक ८ बिहीबार
  • Thursday, 24 October, 2024

दोस्रो अभ्यास खेलमा पनि नेपाल श्रीलंकासँग ८ विकेटले पराजित

काठमाडौं । एसिसि महिला एशिया कपकाे तयारीमा रहेकाे नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बुधवार भएको खेलमा नेपाल श्रीलंका बोर्ड महिला विकास टोली विरुद्ध ४ विकेटले पराजित भएको हो ।

हिजाे भएकाे पहिलाे खेलमा नेपाल ३३ रनले पराजित भएकाे थियाे ।

नेपालले दिएको १०७ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । श्रीलंकन टोलीका लागि ओपनर सेनारथ्नेले सर्वाधिक २७ रन बनाइन् । यस्तै सन्दिपनीले १९ तथा मधाराले १६ रन जोडिन् ।

नेपालका लागि कृतिका मरासिनी, कविता जोशी, इन्दु वर्मा र सबनम राईले समान १-१ विकेट लिए ।

तयसहनी सरी भिलेजमा पहिलो ब्याटिङ गरेको नेपाली टोलीले २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरले ३४ बल झेल्दै6सर्वाधिक २९ रन बनाइन् । यस्तै इन्दु वर्मा ४३ बलमा २८ रन बनाएर अविजित रहिन् । सम्झना खड्काले ११ रन जोडिन् । अन्य ब्याटर भने चल्न सकेनन् ।

घरेलु टोलीका लागि देवमी भिहांगाले ३, सन्दिपनीले २ तथा थारिका सेववान्दी र सान्दिनु निसानसलाले १-१ विकेट लिए ।

पहिलो अभ्यास खेलमा नेपाल मंगलबार ३३ रनले पराजित भएको थियो । तेस्रो अभ्यास खेल जुलाई १६ का दिन हुनेछ ।

एशिया कपको उद्दघाटन खेलमा नेपालले युएई विरुद्ध जुलाई १९ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समूह ए मा भारत र पाकिस्तान समेत रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर