रुकुम पश्चिम अपडेट: बाढीले पुरिएका तीन बालिकाको शव निकालियो

धनगढी । रुकुम पश्चिममा गए राती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ । 

आठविसकोट नगरपालिका वडा नम्बर १२ को झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा घरमै पुरिएर मृत्यु भएका तिन बालिकाको शव निकालिएको हो । नगर प्रमुख रबी केसीका अनुसार बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्कीको शव निकालिएको हो । 

बाढीले घर बगाउँदा बेपत्ता भएका स्थानीय ४० वर्षीया डिल्ली बहादुर बुढाथोकीको खोजी कार्य भइरहेको नगर प्रमुख केसीले जानकारी दिए । उनी बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएको छ । डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको छ । 

घटनामा परेर घाइते भएका सात जनाको भने आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीया विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया  धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका छन् । 

आठबिसकोटको वडा नम्बर १०, ११ हुँदै आउने गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर