लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले लिए शपथ

बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

एमाले र कांग्रेसको समर्थनमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्यस्तै एमालेका ४ र कांग्रेसका ४ सांसदले पनि बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । मन्त्रालय बाँडफाँड र मन्त्रीको टुंगो नलागेको भन्दै सबै मन्त्रीको एकैसाथ शपथ गराउने गरी मुख्मन्त्री आचार्यकै अनुरोधमा बुधबारका लागि शपथ ग्रहण तय गरिएको हो । मन्त्रालयको संख्या र मन्त्रीको टुंगो लगाए पनि दुई दलबीच कुन मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहेकाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गराइएको हो ।

एमाले र कांग्रेसबीच ५/५ मन्त्रालय लिने सहमति छ । लुम्बिनीमा १२ मन्त्रालय छन् । २ मन्त्रालय साना दलका लागि राखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर