गुटको विवाद चर्किएपछि लुम्बिनी एमाले दलका नेता गिरीले दिए राजीनामा

बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले पदबाट राजीनामा दिएका छन् । गिरीले मंगलबार नै पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामा पठाएका थिए । तर, मुख्यमन्त्रीले सपथलिएपछि बुधबार मात्र राजीनामा दिएको सार्वजनिक गरेका हुन् ।

गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली सचिवालयमा राजीनामा पठाएको बताए । ‘राजीनामा स्वीकृत भएको जानकारी अहिलेसम्म आएको छैन,’ उनले भने, ‘विधि र प्रक्रिया मिचिएपछि जिम्मेवारी अनुसारको पदमा बस्न उचित नलागेर राजीनामाको निर्णय गरेको हुँ ।’ राजीनामापछि कुनै जानकारी पनि पाएको छैन ।

मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्दतिभन्दा बाहिर गएर निर्णय भएको भन्दै गिरीले राजीनामा दिएको बताए । मुख्यमन्त्री नियुक्तिबारे पार्टीको कुनै कमिटी बैठकबाट निर्णय नगरी सिधै केन्द्रीय निर्देशन आएको भन्दै एमालेमा असन्तुष्टि देखिएको छ ।

महासचिव शंकर पोखरेलले एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेललाई फोन गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्तका लागि सिफारिस गर्न निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर